चीनमा भेटिए १ सय १५ जना कोरोनाका नयाँ सङ्क्रमित

एजेन्सी

बुधबार, २९ पुस २०७७, १२ : ३९
चीनमा भेटिए १ सय १५ जना कोरोनाका नयाँ सङ्क्रमित

फाइल तस्विर

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको छ । चीनभित्रै थप १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मङ्गलबार १ सय १५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १ सय ७ जना चीनभित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै ती १ सय ७ जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।  

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मङ्गलबार भेटिएका १ सय १५ सङ्क्रमितमध्ये १ सय ७ जना स्थानीय स्तरमै आपसमा सङ्क्रमित भएको पाइएको  र अरु विदेशबाट आएका हुन् ।

चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो । मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस