चीन । चीनको राजधानी बेइजिङ्मा मात्रै दश लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । उनीहरु सवैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
अहिलेसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । कोरोनाभाइरसको उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिएर अहिले उनीहरूलाई मात्रै खोप लगाइएको पनि महानगर स्वास्थ्य आयोगले जनाएको छ ।
आयोगका उप निर्देशक गोओ जियनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप पनि लगाउने तयारी भइरहेको छ ।
कोरोना विरुद्धको खोप लगाउदा पहिलो चरणको खोप लगाएको २१ दिनमा दोस्रो चरणको खोप लगाउन पर्ने सिफारिस चिकित्सकहरूको छ । स्वास्थ्य सेवा, घरेलु यातायातलगायतका सेवामा अग्रपङ्तिमा रहेर काम गरिरहेकाहरूलाई प्राथमिकतामा राखेर खोप दिइएको हो ।
फेब्रुअरी १२ मा चिनियाँहरूको महत्वपूर्ण पर्व ‘स्प्रिङ फेस्टिवल’ पर्ने भएकाले त्यस अगाडि नै खोप लगाउने अभियान सम्पन्न गर्ने महानगरका अधिकारीहरुको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ पुस २०७७, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेडी गागाका दुइटा कुकुर चोरि, फिर्ता गर्नेलाई पाँच लाख डलर पुरस्कार
क्यालिफोर्नियामा कोभिडबाट ५० हजार जनाभन्दा बढीको मृत्यु
जी २० का अर्थमन्त्रीहरुबीच छलफल
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन
दक्षिण कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गर्दा नेपाली खुशी
सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए