सुरक्षा कारबाहीमा मारिए २३ तालिबान लडाकू

एजेन्सी

सोमबार, २७ पुस २०७७, १७ : ०४
सुरक्षा कारबाहीमा मारिए २३ तालिबान लडाकू

फाइल तस्विर

काबुल । अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ जना तालिबान लडाकू मारिएका सैनिक स्रोतले  सोमबार बिहान जानकारी दिएको छ । यस कारबाहीमा अन्य १३ जना लडाकू घाइते भएको स्रोतले जनाएको छ । 

उरुज्गान प्रान्तमा ११ आतङ्ककारी मारिनुको साथै अन्य आठ घाइते भएका छन् भने छिमेकमा पर्ने अर्को प्रान्त कान्दाहारमा १३ आतङ्ककारी मारिनुको साथै अन्य पाँच घाइते भएका पनि सो स्रातले थप जानकारी दिएको छ । 

अफगान सुरक्षा अधिकारीले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीमा निकै हदसम्म सफलता प्राप्त  भएको छ । २०११ बाट सरकारसँग लडाई गर्दै आएका तालिबान लडाकूहरुले सरकारी व्यक्तित्व र सुरक्षा बललाई लक्ष्य गर्दै आक्रमण गर्ने गरेका छन् । सो आक्रमणहरुमा बारम्बार सर्वसाधारणले ज्यान गुमाउने क्रम जारी नै रहेको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस