प्रभात सहकारीको स्थापना दिवसमा सरसफाई

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, १३ : ०४
प्रभात सहकारीको स्थापना दिवसमा सरसफाई

चितवन । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ औं स्थापना दिवसको अवसर पारेर सरसफाई गरेको छ । भरतपुरको मालपोत चोक देखी गैडाचोकसम्म सो अवसरमा सरसफाई गरीएको छ ।

निकै लामो समय देखि फोहोर रहेको र अस्पतालको नजिक रहेका कारण फोहोरकै कारण संक्रमण फैलनसक्ने भन्दै सहकारीको स्थापनाको अवसर पारेर सरसफाई गरीएको नेपस्कून उपाध्यक्ष शान्ति अधिकारीले बताइन् । 

सो सरसफाई कार्यक्रममा अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले महानगरको मुटु बाईपास रोडमा थुप्रीएको फोहोरले नगरवासी सबैलाई गिजाईरहेको महसुस गरेर सरसफाई गरीएको बताइन् । 

सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ,सैनिक नमुना टोल बिकास संस्थाले सहयोग रहेको थियो । मालपोत चोक देखि नहर चोकसम्मको वाईपास रोडको छेउमा रहेको फोहोर संकलन गरीएको थियो । 

प्रतिक्रिया दिनुहोस