बेलायतमा २४ घन्टामा थप  ५४ हजार ९४० जना नयाँ कोरोना संक्रमित

एजेन्सी

सोमबार, २७ पुस २०७७, ०७ : ५८
बेलायतमा २४ घन्टामा थप  ५४ हजार ९४० जना नयाँ कोरोना संक्रमित

एजेन्सी । बेलायतमा पछिल्लो २४ घन्टामा थप  ५४ हजार ९४० जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ के जानकारी दिएको छ ।

पछिल्ला दश दिनयता नयां संक्रमितको संख्या दैनिक ५० हजारभन्दा बढी रहँदै आएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख ७२ हजार ३४९ पुगेको छ ।

यसैगरी २४ घन्टाभित्र थप ५६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सामान्यतया वीकेंडको समयमा सार्वजनिक गरिने तथ्याँक अन्य दिनको तुलनामा कम हुने भएपनि आज सार्वजनिक तथ्याँक आइताबारमध्येको  सात महिनायताकै उच्च हो ।

आइतबार सांझसम्मको तथ्याँक अनुसार हालसम्म बेलायतमा ८२ हजार ६२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताल भर्ना हुनेको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । हाल ३२ हजारभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस