दानमा आएको भ्याक्सिन अस्वीकार, इरानी नेताले लेखे,‘अमेरिकी भ्याक्सिन विश्वासिलो छैन’

एजेन्सी

आइतबार, २६ पुस २०७७, ११ : ५९
दानमा आएको भ्याक्सिन अस्वीकार, इरानी नेताले लेखे,‘अमेरिकी भ्याक्सिन विश्वासिलो छैन’

सांकेतिक तस्विर

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामिनेइले कोभिड–१९ भ्याक्सिनप्रति सन्देश प्रकट गरेका छन् । खामिनेईले ट्वीटरमार्फत अमेरिका र बेलायतबाट आपूर्ति गरिने भ्याक्सिन विश्वासिलो नहुने जनाएका हुन् । 

‘उनीहरुले अन्य देशमा कोरोना नियन्त्रण गर्ने देखिँदैन,’ बेलायत र अमेरिकालाई लक्षित गर्दै ट्वीटरमा लेखिएको थियो । ट्वीटरमा फ्रान्सले बनाएको कोरोना भाइरस भ्याक्सिन पनि विश्वासिलो नरहेको दाबी गरिएको छ । 

यद्यपी, यो ट्वीटलाई ट्वीटरले लुकाइदिएको छ । तर, फार्सी भाषाको ट्वीटर एकाउन्टमा भने खामिनेईले यो ट्वीट अझै हेर्न सकिन्छ । शुक्रबार खामिनेईले अमेरिकी र बेलायती भ्याक्सिन आपूर्तिमा प्रतिबन्ध घोषणा गरेका थिए । ईरानको रेड क्रेजेन्टले अमेरिकी फाइजर–बायोनटेक भ्याक्सिनको हजारौं डोज आपूर्ति नगर्ने जनाएको छ, अमेरिकास्थित दाताहरुको समूहले यो भ्याक्सिन ईरानलाई दान गर्ने योजना बनाएका थिए । 

यद्यपी, विश्वका अन्य सुरक्षित देशबाट आउने भ्याक्सिन आपूर्ति गर्ने खामिनेईले जनाएका छन् । ईरानले आफैं बनाएको भ्याक्सिनको मानविय परीक्षण डिसेम्बरबाट सुरु गरेको छ, यो भ्याक्सिन मार्चको मध्यपछि वितरण हुने अपेक्षा गरिएको छ । ईरानमा १२ लाखभन्दा धेरैमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ, ५६ हजारले संक्रमणका कारण ज्यान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस