ओलीको कदमविरुद्ध सडकमा आए डा गोविन्द केसी

सफल खबर संवाददाता

शनिबार, २५ पुस २०७७, १६ : ५६
ओलीको कदमविरुद्ध सडकमा आए डा गोविन्द केसी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध डा गोविन्द केसी पनि सडकमा आएका छन् । प्रतिनिधिसभा विघटन तथा सरकारको स्वेच्छाचारी कदमको विरोध गर्दै डा केसी सडकमा आएका हुन् ।

शनिबार माइतीघर मण्डलामा भएको विरोधमा डा गोविन्द केसी देखिएका हुन् । संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग गर्दै आफू सडकमा आएको डा केसीले बताए ।  प्रदर्शनमा डा केसीले प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड बोकेका थिए । सडकमा आएको केहीबेरमा डा गोविन्द केसीलाई प्रहरीले प्रदर्शनबाट हटाएको थियो । 
 

प्रतिक्रिया दिनुहोस