पाकिस्तानमा दुुष्कर्म पीडितहरुको कुमारित्व परीक्षणमाथि रोक

एजेन्सी

शुक्रबार, २४ पुस २०७७, १३ : ५६
पाकिस्तानमा दुुष्कर्म पीडितहरुको कुमारित्व परीक्षणमाथि रोक

सांकेतिक तस्वीर

पाकिस्तान । पाकिस्तानको पञ्जाव प्रान्तमा दुुष्कर्म पीडितहरुको कुमारित्व परीक्षणमाथि रोक लागेको छ । लाहोर उच्च अदालतले यस्तो फैसला सुनाएको हो । 

यसअघि बलात्कार तथा दुुष्कर्मको शिकार भएका महिलाहरुलाई तदाकथित विश्वसनियता जाँच गर्ने भन्दै कुमारित्व परीक्षण गर्ने गरिएको थियो । यस्तो कार्य निन्दनीय रहेको भन्दै यसलाई प्रतिबन्धित गर्न आलोचकहरुले हाई कोर्टमा याचिका दिएका थिए । 

कुमारित्व परीक्षणलाई अवैध बताउँदै हाई कोर्टका जज जस्टिस आयशा मलिकले यसलाई एक अपमानजनक प्रथा भनिन् । पीडितमाथि शंका गर्नका लागि यसको प्रयोग भइरहेको उनले बताइन् । यसले पीडितको व्यक्तिगत मर्यादामा चोट पुु¥याउने उनले बताइन् । 

यस परीक्षणको पैरवी गर्नेहरु परीक्षणमार्फत महिलाको यौन गतिविधिको इतिहास पत्ता लगाउन सकिने दाबी गर्छन् । यद्यपी, यस्ता नतिजाको प्रयोग प्राय दुुष्कर्म पिडित महिलालाई बदनाम गर्नका लागि गर्ने गरिएको छ । 

अफगानिस्तान, भारत र बंगलादेशमो यो परीक्षण प्रतिबन्धित छ । तर, पाकिस्तानसहित केही देशमा अझै जारी छ । पञ्जावमात्रै नभएर पुरा पाकिस्तानमा यस्तो परीक्षणमाथि प्रतिबन्ध लगाउनुपर्ने माग अधिकारकर्मीहरुले बताएका छन् । अदालतको फैसलापछि कम्तिमा पञ्जाव प्राप्तमा यो प्रतिबन्धित भएको छ, लाहोर अदालतको निर्णय पाकिस्तानमा कुमारित्व परीक्षणविरुद्ध पहिलो आदेश हो ।

प्रतिक्रिया दिनुहोस