काठमाडौं । आज राष्ट्रिय सभा बैठक बस्दैछ । अघिल्लो साता सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक आज १ बजे बस्न लागेको हो । बैठकको कार्यसूची तय गर्नका लागि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र राष्ट्रिय सभा अन्तर्गत रहेका विषयगत समितिका सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको राष्ट्रिय सभामा नेपाली काँग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन् ।
प्रतिनिधि सभा विघटन भएका बेला राष्ट्रियसभामा पर्याप्त कामकारवाही नरहेको भन्दै राजनीतिक दलहरुको सहमतिमा राष्ट्रिय सभाको हिउँदे अधिवशेन छोट्याउने तयारीमा सरकार लागेको छ । यसबारे आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ पुस २०७७, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक शून्य समयमा सांसदको प्रश्न , ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो
राष्ट्रिय सभा बैठक सुरु
राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी
सुशासन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
निर्धारित समयमा सुरु भएन राष्ट्रिय सभा बैठक