अमेरिकामा ट्रम्प सर्मथकले संसद भवनमै गरे आक्रमण, एकजनाको मृत्यु, वासिङटनडिसीमा कफर्यू

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, ०९ : ०७
अमेरिकामा ट्रम्प सर्मथकले संसद भवनमै गरे आक्रमण, एकजनाको मृत्यु, वासिङटनडिसीमा कफर्यू

काठमाडौं । अमेरिकाको राष्ट्रपतिय चुनावमा पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले संसद भवन क्यापिटल बिल्डिङभित्र पसेर हिंसा मच्चाएका छन् । हिंसामा परी एक जनाको मृत्यु भएको छ भने १३ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

मृत्यु हुनेमा महिला छिन् । उनलाई गोली लागेको थियो । काँग्रेसमा आज डेमोक्रेट उम्मेदवार जो बाइडेनको विजय पुष्टि गर्ने कार्यसूची थियो । तर, ट्रम्प समर्थकले क्यापिटल भवन घेराउ गरेर नाराबाजी गरेका थिए । उनीहरुले भवनलाई कब्जामा लिने प्रयास गरेका थिए । त्यही क्रममा हिंसा मच्चिएको हो । एउटा अग्नि नियन्त्रक यन्त्र विष्फोट पनि भएको थियो । तर, त्यो कसले विष्फोट गरायो भन्ने खुलेको छैन् । 

हिंसा मच्चिएपछि राजधानी वाशिङ्टनडिसीमा कफर्यू लगाइएको छ । स्थानिय समय अनुसार बुधबार बिहान देखि बिहिबार बिहानसम्म कफर्यु लगाईएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । संसद भवन भित्र र बाहिर हिंसा भड्किएपछि वाशिङ्टनकी मेयर मुरियल बाउजरले निशेधाज्ञा जारी गरेकी छिन् ।

क्यापिटल बिल्डिङभित्र रहेका संवाददाताहरुलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार सुरक्षा प्रमुखले वाशिङ्टनमा निषेधाज्ञा लागेको खबर सुनाउँदा सांसदहरुले ताली बजाएका थिए । प्रक्राउ परेका मध्ये पाँच जनाबाट बन्दुक जफ्त भएको पनि जनाईएको छ । अमेरिकी काँग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस भइरहेको बेला ट्रम्प समर्थकहरुले आक्रमण गरेका थिए । 

सदन चलिरहेकै बेला ट्रम्प समर्थक बैठकस्थलमा पुगेपछि बहस रोक्नु परेको थियो । ट्रम्पका समर्थकले चुनाव रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
 
 

प्रतिक्रिया दिनुहोस