काठमाडौं । विभाजनको संघारमा रहेको सत्तारुढ नेकपाभित्र एक सूमहले अर्कोलाई कारबाही गर्ने श्रृंखला बढ्दो छ । यसैक्रममा प्रचण्ड–नेपाल समूहको निशानामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि परेका छन् ।
उनलाई नेकपाको लुम्बिनी प्रदेशको इन्चार्जबाट हटाएर प्रचण्ड–नेपाल समूहले युवराज ज्ञवालीलाई जिम्मेवारी दियो । पछिल्लो केही समययता पार्टी राजनीतिमा भूमिकाविहीन जस्तै बनेका ज्ञवाली पुनः सक्रिय राजनीतिमा फर्किएका हुन् । तर प्रचण्ड–नेपाल समूहको कारबाहीसँगै कुनै समय एक अर्काका कट्टर प्रतिस्पर्धी फेरि आमनेसामने बनेका छन् ।
अन्तरसंघर्षको तीन दशक लामो अवधि पूरा गरेका प्रतिस्पर्धी ज्ञवाली र पोखरेल अहिले फरक फरक गुटको नेतृत्व गर्दै जुघ्न आइपुगेको खबर नागरिक दैनिकमा छापिएको छ । ज्ञवालीको निस्क्रियतापछि दाङको कम्युनिस्ट आन्दोलनमा विकल्पिविहीन नेताका रुपमा रहेका पोखरेललाई उनको पुनरागमन तगारो बन्न सक्ने आँकलन गरिएको पनि समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ पुस २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल