काठमाडौं । विभाजनको संघारमा रहेको सत्तारुढ नेकपाभित्र एक सूमहले अर्कोलाई कारबाही गर्ने श्रृंखला बढ्दो छ । यसैक्रममा प्रचण्ड–नेपाल समूहको निशानामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि परेका छन् ।
उनलाई नेकपाको लुम्बिनी प्रदेशको इन्चार्जबाट हटाएर प्रचण्ड–नेपाल समूहले युवराज ज्ञवालीलाई जिम्मेवारी दियो । पछिल्लो केही समययता पार्टी राजनीतिमा भूमिकाविहीन जस्तै बनेका ज्ञवाली पुनः सक्रिय राजनीतिमा फर्किएका हुन् । तर प्रचण्ड–नेपाल समूहको कारबाहीसँगै कुनै समय एक अर्काका कट्टर प्रतिस्पर्धी फेरि आमनेसामने बनेका छन् ।
अन्तरसंघर्षको तीन दशक लामो अवधि पूरा गरेका प्रतिस्पर्धी ज्ञवाली र पोखरेल अहिले फरक फरक गुटको नेतृत्व गर्दै जुघ्न आइपुगेको खबर नागरिक दैनिकमा छापिएको छ । ज्ञवालीको निस्क्रियतापछि दाङको कम्युनिस्ट आन्दोलनमा विकल्पिविहीन नेताका रुपमा रहेका पोखरेललाई उनको पुनरागमन तगारो बन्न सक्ने आँकलन गरिएको पनि समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ पुस २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल