संसद् विघटनविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

सफल खबर संवाददाता

बुधबार, २२ पुस २०७७, ०७ : ३८
संसद् विघटनविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि बुधबारदेखि सुनुवाइ हुँदैछ । यसअघि पुस २२ देखि निरन्तर सुनुवाइ हुने भनि सर्वोच्च अदालतले आदेश गरेको थियो । 

पुस १० मा सर्वोच्च अदालतले सरकारसँग संसद विघटन गर्नुको कारण सोध्दै ५ जना एकिमस क्युरी मगाउने, राष्ट्रपतिलाई पठाएको सक्कल सिफारिस निर्णय, संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सक्कलै फाइल मगाउने आदेहश गरेको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा आइतबार लिखित जबाफ पेस गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस