इङल्यान्ड र स्कटल्यान्डमा नयाँ लकडाउन घोषणा

एजेन्सी

मंगलबार, २१ पुस २०७७, १४ : २०
इङल्यान्ड र स्कटल्यान्डमा नयाँ लकडाउन घोषणा

सांकेतिक तस्विर

एजेन्सी । इङल्यान्ड र स्कटल्यान्डमा नयाँ लकडाउन घोषणा भएको छ । इङल्यान्ड, स्कटल्यान्ड र आयरल्यान्डका धेरैजसो विद्यालयहरु बन्द छन् । 

यता, उत्तरी आयरल्यान्डमा भने दूरी शिक्षालाई बिस्तारित रुपमा पढाइंदैछ । कम्तिमा फेब्रअरीसम्म इङल्यान्डमा कडाई कायम रहनेछ, स्कटल्यान्डमा जनवरीको अन्त्यमा लकडाउनबारे समिक्षा हुनेछ । 

बुधबार बिहानैदेखि लकडाउन सुरु हुने प्रधानमन्त्री बोरिस जोनसोनले बताएका छन् । उनले आगामी हप्ताहरु निकै कठिन हुने चेतावनी दिएका छन्। बेलायतमा सोमबार एकैदिन ५८ हजारभन्दा धेरैमा कोरोना देखिएपछि नियम कडा बनाइएको हो ।लकडाउन घोषणा गर्दै प्रधानमन्त्री जोनसोनले अस्पतालहरु महामारी सुरु भएयताकै सबैभन्दा धेरै चापमा रहेको बताए । 

उनले महत्वपूर्ण कामबाहेक अन्य सबैलाई घरमा बस्न निर्देशन दिए । स्वास्थ आवश्यकता, खाद्यान्न, किनमेल, व्यायाम र घरमा गर्न नसकिने कामका लागि भने बाहिर निस्कन पाइने उनले बताए । त्यस्तै, कति जोखिममा रहेका जनसंख्या, स्वास्थकर्मी, वृद्धवृद्धालगायतलाई फेब्रुअरीको मध्यसम्म एक डोज भ्याक्सिन दिइने उनले बताए । 

कोरोना भाइरसको नयाँ स्वरुप तिव्र रुपमा फैलदाँ बेलायत र सम्पूर्ण युरोपमा संक्रमित संख्या ह्वात्तै बढेको छ । बेलायतमा अहिलेसम्म २७ लाख १३ हजारभन्दा धेरै जनसंख्या संक्रमित भइसकेको छ ।  यहाँ ७५ हजार ४ सय ३१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस