प्रचण्ड–नेपालले आलोपालो अध्यक्षता गर्दै, सुरु भयो अभ्यास

पत्रपत्रिकाबाट

सोमबार, २० पुस २०७७, ०७ : ५४
प्रचण्ड–नेपालले आलोपालो अध्यक्षता गर्दै, सुरु भयो अभ्यास

काठमाडौं । नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन् । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो। आइतबारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन्।

यसअगाडि पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए । पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन गरेको छ ।

आइतबार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको स्थायी समिति सदस्य पम्फा भुसालले बताइन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस