कोरोनाभाइरसको भ्याक्सिन लगाउने दौडमा इजराइल अग्र स्थानमा

एजेन्सी

आइतबार, १९ पुस २०७७, १० : ५२
कोरोनाभाइरसको भ्याक्सिन लगाउने दौडमा इजराइल अग्र स्थानमा

फाइल तस्विर

इजराइल । इजराइलले आफ्ना १० लाखभन्दा बढी जनतालाई कोरोनाभाइरसविरुद्धको खोप दिइसकेको छ । योसँगै इजराइल कोरोनाभाइरसको भ्याक्सिन लगाउने दौडमा अग्र स्थानमा रहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयसँग आबद्ध वेबसाइटको तथ्यांकअनुसार इजरायलको खोप दिने दर प्रत्येक १०० जनामा ११.५ रहेको छ भने बहरानको ३.४९ र बेलायतको १.४७ रहेको छ ।

तुलनात्मक रुपमा फ्रान्सले ३० डिसेम्बर सम्म १ सय ३८ जनालाई खोप दिएको छ ।

कोरोनाका कारण हालसम्म १८ लाखको मृत्यु भइसकेको  छ । 

प्रतिक्रिया दिनुहोस