संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदै

पत्रपत्रिकाबाट

आइतबार, १९ पुस २०७७, ०८ : ३७
संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदै

काठमाडौँ । देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गर्न लागिएको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । 

यसअघि २०५८ र २०६८ मा पूर्णगणनाविधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ ।  पूर्णगणनाविधिबाट सबै घरमा पुगेर तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । 
२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । 

यसैबीच सरकारले सुरक्षाको प्रत्याभूति गरे लिम्पियाधुरा क्षेत्रको कुटी, गुन्जी र नाभीको पनि गणना गरिने विभागले जनाएको छ । उक्त क्षेत्रमा २०१८ सालसम्म जनगणना भएको थियो । भारतले कब्जा गरेका लिम्पियाधुरा छेउका गब्र्याङ, नाभी र गुन्जी त्यो बेला नेपालमै थिए । अहिले वर्तमान सरकारले सो भूभाग आफ्नो भएको भन्दै नेपालको नक्सामै समेटेको छ ।

प्रतिक्रिया दिनुहोस