यस्ता छन् प्रचण्ड–माधव पक्षको दोस्रो चरणको आन्दोलनका कार्यक्रम

सफल खबर संवाददाता

शनिबार, १८ पुस २०७७, १५ : २०
यस्ता छन् प्रचण्ड–माधव पक्षको दोस्रो चरणको आन्दोलनका कार्यक्रम

काठमाडौँ ।  प्रचण्ड–नेपाल पक्षको नेकपाले दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले पहिलो चरणको आन्दोलन सकेपछि लगत्तै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

प्रतिक्रिया दिनुहोस