संसद विघटन गर्नु ओली सरकारको ठूलो गल्ती : डा प्रकाशशरण महत

सफल खबर संवाददाता

शनिबार, १८ पुस २०७७, १५ : ००
संसद विघटन गर्नु ओली सरकारको ठूलो गल्ती : डा प्रकाशशरण महत

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले संसद विघटन गर्नु ओली सरकारको ठूलो गल्ती भएको बताएका छन् । उनले मेहनत गरेर ल्याएको  उपलब्धि फेरि उल्टो बाटो हिँड्ने हो कि भन्ने चिन्ता बढेको बताए ।

नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर ११ जखडीमाइमा आयोजना गरेको बनभोज तथा अन्तरक्रिया कार्यक्रममा उनले ओली सरकारले गरेको संसद विघटनको निर्णय सर्वोच्चले सदर गरेमा तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । कम्युनिस्टले हिजो गफ विकाए पनि अब गफ नबिक्ने बताए । संसद पुनःस्थापना भए पनि स्वीकार्य भएको उनको भनाइ थियो ।

उनले संसद विघटन बारेको मुद्दाको छिटो छिनोफानो हुनुपर्ने बताएका थिए । 
 

प्रतिक्रिया दिनुहोस