अन्तिममा प्रचण्ड–नेपाल समूह एक्लै आन्दोलनमा

पत्रपत्रिकाबाट

शनिबार, १८ पुस २०७७, ०८ : ३१
अन्तिममा प्रचण्ड–नेपाल समूह एक्लै आन्दोलनमा

काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।  

पुस १४ गते देशभर एकसाथ विरोधसभा गरेको सो समूहले संघर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको थियो। तर ती दलले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि एकल रूपमा संघर्षका कार्यक्रम घोषणाको तयारीमा दाहाल–नेपाल समूह लागेको हो ।

अहिले जिल्लाजिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहको प्रदर्शन भइरहेको छ। साथै सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला पनि भइरहेका छन्। २० गते सबै नगरपालिका र गाउँपालिकासम्म पार्टी बैठक र भेला तथा पुस २५ गते सबै वडामा बैठक र भेला गर्ने दाहाल–नेपाल समूहले जनाएको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस