एजेन्सी । बेलायतमा हालसम्म झन्डै दश लाख मानिसले फाइजर( बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले डिसेम्बर ३१ साँझसम्म नौ लाख ४४ हजार ५३९ ले फाइजर बायोएनटेक भ्याक्सिनको पहिलो डोज लगाएका जानकारी दिए ।
फाइजर बायोएनटेकको भ्याक्सिनलाई बेलायतले सबैभन्दा पहिला आममानिसमा प्रयोगका लागि अनुमति दिएको थियो । बेलायतमा गत डिसेम्बर ८ तारिखबाट फाइजर भ्याक्सिन वितरण शुरु गरिएको थियो ।९० वर्षीया मार्गरेट किनन अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिने पहिलो व्यक्ति भएकी थिइन् ।
एक व्यक्तिको लागि दुईवटा डोज आवश्यक पर्ने उक्त भ्याक्सिनको दोस्रो डोज पनि लगाउन थालिएको छ । बेलायतले मान्यता दिएको तीन हप्तापछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि फाइजर(बायोएनटेक भ्याक्सिनलाई मान्यता प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ पुस २०७७, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित