प्रदेश दुईमा नेकपा संसदीय दलका नेता मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, १३ : १९
प्रदेश दुईमा नेकपा संसदीय दलका नेता मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता

जनकपुर । प्रदेश नं. २ मा समेत एक अर्को पक्षका नेतालाई कारबाही, पदमुक्त गर्ने लगायतका गतिविधिले तीव्रता पाएको छ ।

प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल रहेको नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डललाई अविश्वास प्रस्ताव लगाई हटाउने प्रकृया अगाडि बढाइएको प्रदेश सभा सदस्य शत्रुधन महतोले जानकारी दिए ।

संसदीय दलका नेता मण्डल ओली समूहमा लागेपछि उनीमाथि अविश्वास प्रस्ताव लगाउने प्रकृया अगाडि बढाइएको महतोले बताए ।

प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश–२ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराईसकिएको प्रदेशसभा सदस्य महतोले स्पष्ट पारे ।
 

प्रतिक्रिया दिनुहोस