नाजिर र आँचलको ‘तोरी पेली तेल’ गीतको डान्स प्रतियोगिता सुरु, उत्कृष्ट कभर भिडियो बनाउनेलाई डेढ लाख नगद पुरस्कार

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, १२ : २५
नाजिर र आँचलको ‘तोरी पेली तेल’ गीतको डान्स प्रतियोगिता सुरु, उत्कृष्ट कभर भिडियो बनाउनेलाई डेढ लाख नगद पुरस्कार

काठमाडौं । अभिनेता नाजिर हुसेन र अभिनेत्री आँचल शर्माको अभिनय रहेको भिडियो ‘तोरी पेली तेल’ अहिले चर्चामा रहेको छ । डान्सिङ शैलीको गीतमा प्रेम र रोमान्स देख्न सकिन्छ ।

क्याडी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा नवप्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले डान्स प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा डेढ लाख नगद पुरस्कार समेत राखिएको छ ।

पुरस्कारका लागि गीतमा कभर भिडियो बनाएर पठाउनुपर्ने छ । त्यसरी प्राप्त भएको  भिडियो एकलाई नगद पुरस्कारको साथै काम गर्ने अवसर समेत दिने क्याडी इन्टरटेनमेन्टले जनाएको छ । 

शब्द, संगीत दीपक शर्माको रहेको गीतमा अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वर रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा विकाश धमलाको सम्पादन, सुबोल जोशीको कोरियोग्राफी र  बुद्ध थापाको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस