काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ ।
पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिएका हुन् ।
उपमन्त्री क्वोले कांग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए । उनले कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गरेको योगदानको प्रशंसा समेत गरे।
उनीहरुबीच नेपाल र चीनका द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १४ पुस २०७७, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
पूर्वराष्ट्रपति चीन भ्रमणबाट स्वदेश फिर्ता
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
विपिन जोशीको रिहाइको पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान