कोरोनाभाइरसको नयाँ प्रकार भारतमा पनि भेटियो

एजेन्सी

मंगलबार, १४ पुस २०७७, १३ : १३
कोरोनाभाइरसको नयाँ प्रकार भारतमा पनि भेटियो

भारत । पछिल्लो केही हप्तामा बेलायतबाट भारत फर्किएका ६ जनामा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ । 

कोरोनाको नयाँ प्रकार बढी संक्रामक भएको र यसका लागि पूरा संसार नै चिन्तामा परेका छन् । कोरोनाको नयाँ प्रकार देखिएपछि थुप्रै देशले आफ्नो सीमा सीलसमेत गर्नुपरेको छ । 

भारतमा हालसम्म ६ जना व्यक्तिमा कोरोनाको नयाँ प्रकार भेटिएको बताइएको छ । उनीहरु सबैलाई भिन्न राखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार एक बयान जारी गर्दै सँगै आएका यात्रीको पहिचान गर्ने कार्य भइरहेको बताएको छ । 

मन्त्रालयले भनेको छ, ‘उनीहरुको सम्पर्कमा आएका मानिसहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ । ’

मन्त्रालयका अनुसार भारतले महिनाको अन्त्यसम्म बेलायतबाट आउने सबै उडानलाई रद्द गरेको छ तर नोभेम्बरको अन्त्यदेखि हालसम्म लगभग ३३ हजार यात्री भारत आइसकेका छन् । 

मन्त्रालयका अनुसार यी मानिसहरुमध्ये ११४ जना कोरोनाभाइरसद्वारा संक्रमित पाइएका थिए । उनीहरुको नमूनामा नयाँ स्ट्रेनको अनुसन्धान भइरहेको छ । यो स्ट्रेन युरोप र एशियाका केही हिस्सामा पाइएका छन् । 
 

प्रतिक्रिया दिनुहोस