ट्याटुले ढाकियो यी महिलाको शरीर

एजेन्सी

सोमबार, १३ पुस २०७७, ०८ : ३९
ट्याटुले ढाकियो यी महिलाको शरीर

एजेन्सी । अबेम्बर लुकले अन्नत फेरि ट्याटू बनाएकी छिन् । यी मोडलको शरीरको ९८ प्रतिशत भागमा ट्याटूू थियो । त्यसैेले उनले नयाँ ट्याटुुका लागि टाउकोको केही भाग खौरिइन् ।

इन्स्टाग्राममा उनले सर्पको डिजाइनमा कोरिएको नयाँ ट्याटूू प्रदर्शन गरेकी छिन्, यो ट्याटुु उनको देब्रे कानमाथिबाट खोपिएको छ । यी मोडल अनलाईनमा ब्लुु आईज ह्वाइट ड्रयागन नामले पनि चिनिन्छिन् । उनले लेखेकी छिन्,‘नयाँ ट्याटुु खोपाउनका लागि टाउकोको एक भाग खौरिएको छुु ।’

उनको पोस्टमा एक घण्टाभित्रै २ हजारभन्दा धेरै लाइक्स आएको छ । कतिपय फ्यानहरुले पुरै टाउको खौरन समेत अनुुरोध गरेका छन् । इन्स्टाग्राममा एक प्रयोगकर्ता लेख्छन्,‘म तपाईले पुरै टाउको खौरिएर त्यसमा पूरा ट्याटुु खोपाएको हेर्नका लागि धेरै प्रतिशक्षा गर्न सक्दिंन ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सुन्दर, तपाईहरुको ट्याटुहरु निके प्रेमिल छन् ।’

प्रतिक्रिया दिनुहोस