यसकारण मन्त्री बनेनन् जनार्दन शर्मा

शनिबार, ०३ चैत्र २०७४, ०७ : ३७
यसकारण मन्त्री बनेनन् जनार्दन शर्मा

काठमाडौं । रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए।
पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्र्याउन चाहन्थे ।
उनले पुष्पकमल दाहाललाई पनि शर्मालाई समेट्न भनेका थिए । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।
मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो ।
तर, वर्षमान पुन ऊर्जाबाट अर्को मन्त्रालयमा जान नमानेपछि शर्मा सरकारमै नजाने निर्णयमा पुगेको माओवादी स्रोतले जनायो।
शर्मा मन्त्रीको लाइनबाट बाहिरिएपछि चक्रपाणि खनाल अटाएका हुन्।

 

प्रतिक्रिया दिनुहोस