प्रचण्ड–माधव समूहको आज देशका सबै जिल्लामा कार्यकर्ता भेला

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, ११ : ०३
प्रचण्ड–माधव समूहको आज देशका सबै जिल्लामा कार्यकर्ता भेला

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आज आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले देशका सबै जिल्लामा कार्यकर्ता भेला गर्न लागेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समूहको नौ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ । 

प्रतिक्रिया दिनुहोस