कोभिड–१९ पुनः संक्रमणको जोखिम कायम छ

पत्रपत्रिकाबाट

आइतबार, १२ पुस २०७७, ०६ : २१
कोभिड–१९ पुनः संक्रमणको जोखिम कायम छ

काठमाडौँ । कोभिड–१९ संक्रमणपछि निको भएर घर फर्केका पेप्सीकोला, काठमाडांै, रौतहट र दिल्ली निवासी तथा वीरगन्जका एकएक गरी धेरै जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिनु चिकित्सकले चुनौतीका रूपमा लिएका छन् ।

कोभिड–१९ को संक्रमितको संख्या दिनानुदिन बढिरहेका बेला निको हुनेको संख्या पनि बढिरहेको छ । निको भइसकेकालाई संक्रमण हुन सक्छ कि सक्दैन भन्नेमा यथेष्ट प्रमाण नभेटिएको भन्दै गर्दा नेपालमा एकपछि अर्काे पुनः संक्रमण देखिइरहेको छ । त्यसो त दक्षिण कोरिया, चीनलगायतका देशमा पुनः संक्रमणको घटना छन् ।

संक्रमित निको भएको तीन महिनासम्म पीसीआर परीक्षण गर्दा पुनः कोभिड–१९ पोजिटिभ आउने सम्भावना रहने सीडीसीले जनाएको छ । तथापि, दोस्रोपटकको पाजेटिभ पहिलाको जस्तो खतरनाक र अन्यलाई रोग सार्ने हँुदैन ।

सीडीसीले स्रक्रमण र सार्नसक्ने हिसाबले सामान्य लक्षण देखिएकामा पीसीआर परीक्षण भएको १० दिनपछि आइसोलेसनबाट बाहिर आउन सक्ने बताएको छ । साथै, डिस्चार्ज र आइसोलेसनबाट बाहिर आउन परीक्षणभन्दा लक्षणलाई मान्नुपर्ने बताएको छ । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस