बागमतीपछि प्रदेश नम्बर १ सरकार धरापमा, अविश्वास प्रस्ताव आउँदै

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, २२ : १७
बागमतीपछि प्रदेश नम्बर १ सरकार धरापमा, अविश्वास प्रस्ताव आउँदै

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्स्ताव ल्याउने तयारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका राईलाई हटाउने उद्देश्यका साथ प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् । त्यसका लागि हस्ताक्षर अभियान अन्तिम चरणमा पुगेको प्रचण्ड–नेपाल समूहका एक सांसदले बताए ।

 ती सांसदका अनुसार आफूविरुद्ध हस्ताक्षर अभियान सुरु भएको सुइँको पाएर नै राईले शनिबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस