समृद्धिको यात्रा ओलीको गाइजात्रा

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १६ : १३
समृद्धिको यात्रा ओलीको गाइजात्रा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार काठमाडौंको माइतीघरमा नागरिक प्रदर्शन भएको छ। ‘समृद्धिको यात्रा ओलीको गाइजात्रा भन्दै प्रदर्शन भएको थियो । 

नागरिक अगुवाहरुले शनिबार माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका हुन् । हरेक दिन दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गरिने नागरिक अगुवाहरुले जनाएका छन्। शनिबारको प्रदर्शनमा शंखसहित सहभागी हुने आयोजकले जनाएका छन्। 

प्रतिक्रिया दिनुहोस