सुवास नेम्वाङले सङ्घीय संसद् सचिवालयका महासचिवको जागिर खाइदिन्छु भनेपछि...

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १० : १९
सुवास नेम्वाङले सङ्घीय संसद् सचिवालयका महासचिवको जागिर खाइदिन्छु भनेपछि...

काठमाडौँ । नेपाली राजनीतिका कुटिल पात्र हुन् सुवास नेम्वाङ । तत्कालीन संविधान सभालाई हठात् अन्त्य गरेर उनले आफ्नो असली नियमत प्रष्ट पारिसको नै थिए । उनै नेम्वाङ खड्ग ओलीका खास मान्छे हुन् । खड्ग ओलीका लागि जे पनि गर्न तयार यी पात्रलाई केही मान्छेले लालगेडीका रूपमा उपमा दिएका छन् । संविधान सभा विघटन गराउने र विदेशी मिसनको पैसामा रमाएको आरोप पनि उनलाई लागेको थियो । उनलाई चिन्ने जान्नेहरू भन्छन्, उनले जे भन्छन् त्यसको ठीक विपरीत भइरहेको छ भन्ने बुझ्नुपर्छ ।

पछिल्लो पटक पनि उनले त्यस्तै व्यवहार देखाएका छन् । खड्ग ओलीले हुँदाखाँदाको संसद् विघटन गर्ने तयारी गरेको हल्ला केही दिन पहिल्यै चलेको थियो । पुस ४ गते राति नै काठमाडौँको चिसोमा सो हल्ला फैलिएको थियो । यो विषयमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालले थाहा नपाउने भन्ने कुरै थिएन । ओलीको कदम रोक्नका लागि उपायको खोजी भयो । जननिर्वाचित संसद् विघटन नगर्न प्रचण्डले ओलीलाई पटक पटक आग्रह गरे । पुस ४ गते मध्यरातमा समेत प्रचण्डले ओलीलाई फोन गरेर अराजनीतिक कदम नचाल्न भनेका थिए । उनले पार्टीभित्रको समस्या समाधानको पहल भइरहेको बेला अनावश्यक काम नगर्न, जनताविरुद्ध नजान, संविधान विपरीतको काम नगर्न सुझाव दिएका थिए ।

संसद सचिवालयमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै सुवास नेम्वाङ रिसले चुर भएर आएका थिए । कसको आदेशमा त्यस्ताृ प्रस्ताव दर्ता गरेको भन्दै उनले सुरुमा महासचिव पौडेलको सात्तो खाए । कानुनअनुसार गरेको हो भन्दै पौडेलले स्पष्ट जबाफ दिए । तिमी मलाई कानुन सिकाउने भन्दै नेम्वाङले पौडेललाई तँ तँ र म म नै गरेका थिए । प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार नेम्वाङले पौडेलको जागिर खाइदिने धम्की समेत दिएका थिए ।

तर भारतीय खुफिया एजेन्सी रअको योजनामा ओलीले दुई तिहाइ जनमत प्राप्त संसद् संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर विघटन गर्ने निर्णय गरे । आफ्नै कोटरीका राष्ट्रपतिले पनि संविधान, कानुन नहेरीकन नै सदर गरिदिइन् । किनकि गणतन्त्र स्थापनामा उनीहरूको कुनै योगदान नै थिएन् । ओलीले संसद विघटनको तयारी गरेको थाहा पाएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले त्यसलाई रोक्न सङ्घीय संसद सचिवालयमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । अविश्वासको प्रस्ताव दर्ता गर्न नेकपाका सांसद कार्यालय खुल्ने बित्तिकै सिंहदरबार पुगेका थिए । संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सांसदहरू रामकुमारी झाँक्री, जनार्दन शर्मालगायतका टोलीले १० बजे नै दर्ता गराएका थिए, ओलीविरुद्ध अविश्वासको प्रस्ताव ।

त्यो दर्ता गराउने काममा सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज पौडेल, प्रवक्ता रोजनाथ पाण्डेले सुरुमा सहयोग गरेका थिए । उनीहरूले आवश्यक तयारी तथा अन्य काम गर्दा १०.५० जति भएको थियो । ओलीको ज्यादती रोक्न र भोलि आवश्यक परेको खण्डमा अदालतमा समेत प्रमाण हुने भन्दै सो कार्यलाई महत्वका साथ अगाडि बढाइएको थियो । ओलीविरुद्ध संसदमा समेत अविश्वास प्रस्ताव दर्ता भएपछि त्यसको हल्लीखल्ली सबैतिर भयो । ओलीले सोही दिन बिहान ९.४५ मा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । कोही मन्त्री बाटोमा नै थिए । मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीले विरोध गरेको भए पनि सामान्य छलफल नै नगरी उनले लौ विघटन भयो, भयो, मैले भनेपछि भयो भन्दै मुख्यसचिव शङ्कर बैरागीलाई जबरजस्ती लेख्न लगाएका थिए ।

बैरागी आफैँ भारतीय एजेन्सी रअको योजनामा चल्ने कर्मचारी हुन् । देशभित्रको महत्वपूर्ण सूचना विदेशीलाई दिने काममा राम्रै प्रख्याती कमाएका बैरागीलाई सोही क्षमताका आधारमा ओलीले मुख्यसचिव बनाएको चर्चा त बालुवाटारमा राम्रै चलेको थियो । संसद सचिवालयमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै सुवास नेम्वाङ रिसले चुर भएर आएका थिए । कसको आदेशमा त्यस्ताृ प्रस्ताव दर्ता गरेको भन्दै उनले सुरुमा महासचिव पौडेलको सात्तो खाए । कानुनअनुसार गरेको हो भन्दै पौडेलले स्पष्ट जबाफ दिए । तिमी मलाई कानुन सिकाउने भन्दै नेम्वाङले पौडेललाई तँ तँ र म म नै गरेका थिए । प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार नेम्वाङले पौडेलको जागिर खाइदिने धम्की समेत दिएका थिए । नेम्वाङले महासचिवलाई गाली गरेको सुनेर पुगेका काँग्रेसी कर्मचारी रोजनाथ पाण्डेले पनि सुरुमा कानुन अनुसार नै गरेको बताएका थिए । 

उनलाई समेत नेम्वाङले राम्रै थर्काएका थिए । तिमीहरू सबैको जागिर खाइदिन्छु, कानुन मलाई सिकाउने भन्दै गाली गरेपछि सबैभन्दा पहिला पाण्डे गलेका थिए । उनले त्यसलाई मिलाउन सकिन्छ हजुर भनेका थिए । नेम्वाङले थर्काएपछि १०.५० मा दर्ता भएको अविश्वासको प्रस्तावलाई पछि बिगारेर ३.३० बनाइएको थियो । अविश्वास प्रस्ताव दर्ता हुँदाको समयमा एकाध पत्रकार समेत सचिवालयमा उपस्थित थिए । नेम्वाङले कर्मचारीको सातो खाएको समेत उनीहरूले देखेका थिए । अविश्वास प्रस्ताव दर्ता विवादमा पाण्डेले बोली फरेर नेम्वाङलाई भनेजस्तै मिलाउन सकिन्छ भन्ने कुराको पुष्टि गरेका छन् । उनले बोली फेरेर भनेका छन् ३ः३० को दर्ता हो ।

सङ्घीय संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ताबारे फरक फरक समय सार्वजनिक भएपछि सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बुधबार काइते तर्क गरेका हुन् । सुरुमा उनले केही पत्रकार र भिडियोमा समेत १०.५० नै भनेका थिए । तर उनले बुधबार विज्ञप्ति जारी गर्दै सङ्घीय संसद सचिवालयमा २०७७ पुस ५ गते दर्ता गरिएको अविश्वास प्रस्तावको दर्ता समयलाई लिएर विभिन्न सञ्चारमा माध्यममा आएका समाचारका सम्बन्धमा सचिवालयको ध्यानाकर्षण भएको जनाएर नेम्वाङको योजनाअनुसार नै बोली फेरेका हुन् । 

‘अविश्वासको प्रस्ताव प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू समक्ष पेश गरी कार्यव्यस्था शाखा (प्रतिनिधि सभा) मा दर्ता हुने प्रचलन रहेको र पुस ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी विधिवत रूपमा पेश भई सभामुखको तोकआदेशपछि सोही दिन अपरान्ह ३ः३० बजे कार्यव्यवस्था शाखामा दर्ता भएको जानकारी गराउँछु,’ प्रवक्ता पाण्डेले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।  

तर यसअघि पाण्डेले भिडियो अन्तरवार्तामा १० बजेर ५० मिनेटमा दर्ता भएको बताएका थिए । त्यस्तै अविश्वास प्रस्ताव दर्ता गर्दाको समय प्रस्तावमा पनि १०ः५० मै लेखिएको छ । पाण्डे काँग्रेस निकट कर्मचारी हुन् । संसदको लेखा समितिका सभापति रहेका पाण्डेले सो समितिमा आउने हरेक विवादमा आफ्नो समेत भाग खोज्ने गरेका छन् । व्यापारीलाई समेत लेखा समिति लाइदिने, बदनाम गरिदिने भन्दै धम्की दिने गरेका छन् । लेखा समितिका सभापति भरतकुमार शाहसँग मिलेर उनले राम्रै कमाएको बताइन्छ । 
 

प्रतिक्रिया दिनुहोस