वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३ जना मन्त्रीले दिए राजिनामा

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, १२ : १८
वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३ जना मन्त्रीले दिए राजिनामा

काठमाडौं । बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । राजिनामा दिनेहरुमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले रहेका छन् । 

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले शुक्रबार अविश्वासको प्रस्ताव हालेका हुन् । वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । 

प्रतिक्रिया दिनुहोस