काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाहै नदिई केन्द्रीय सदस्यमा मनोनित गरेपछि धेरैले केन्द्रीय सदस्यको पद अस्वीकार गरिरहेका छन् ।
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा बस्न अस्वीकार गर्ने नेताहरुको संख्या बढ्दो छ । हालसम्म केन्द्रीय कमिटीमा बस्न २१ जना नेताहरुले अस्वीकार गरेका छन् । ओली समूहले मंगलबार केन्द्रीय कमिटी विस्तार गरेको थियो ।
साथै उनीहरुले प्रचण्ड–नेपाल समूहलाई आफ्नो साथ रहने समेत बताएका छन् ।
ओली समूहमा बस्न इन्कार गर्नेहरु यसप्रकार छन्
१. डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ
२. गोपाल बुढाथोकी, झापा
३. जसमाया गजमेर – प्रदेश १,सामाजिक विकास राज्यमन्त्री
४. सुन्दर विक – नेकपा बारा जिल्ला सचिव
५. कमलेश झा– नेकपा प्रदेश २ सदस्य
६. भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य
७. वृहस्पति अधिकारी – नवलपरासी
८. जागेश्वरीदेवी चौधरी –तिलोत्तमा नगरपालिका उपप्रमुख
९. अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य
१०. टीकाराम खड्का – दाङ, अध्यक्ष
११. नेत्र पन्थी – रुपन्देही
१२. नन्दकिशोर ढकाल – रुपन्देही
१३. देवी बस्याल – पाल्पा
१४. अशोक शाही
१५. कमल श्रेष्ठ – पाल्पा
१६. यज्ञ बोगटी – अछाम
१७. कल्याणी चौधरी – बारा, प्रदेश सदस्य
१८. भैरे कामी – अछाम
१९. राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग
२०. गगन विष्ट – गुल्मी
२१. उषाकला राई – प्रदेश सभा १ सदस्य
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ पुस २०७७, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेकशील साझाबाट आएका ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
रास्वपाका केन्द्रीय सदस्य प्रभात अधिकारीले पार्टी छोडे
रास्वपाद्वारा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल