ओलीले केन्द्रीय सदस्यमा नियुक्त गरेका २१ जनाले गरे भटाभट पद अस्वीकार, प्रचण्ड-नेपाल समूहलाई साथ दिने तयारी (नामसहित)

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १४ : ०४
ओलीले केन्द्रीय सदस्यमा नियुक्त गरेका २१ जनाले गरे भटाभट पद अस्वीकार, प्रचण्ड-नेपाल समूहलाई साथ दिने तयारी (नामसहित)

file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाहै नदिई केन्द्रीय सदस्यमा मनोनित गरेपछि धेरैले केन्द्रीय सदस्यको पद अस्वीकार गरिरहेका छन् ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा बस्‍न अस्वीकार गर्ने नेताहरुको संख्या बढ्दो छ । हालसम्म केन्द्रीय कमिटीमा बस्‍न २१ जना नेताहरुले अस्वीकार गरेका छन् । ओली समूहले मंगलबार केन्द्रीय कमिटी विस्तार गरेको थियो ।

साथै उनीहरुले प्रचण्ड–नेपाल समूहलाई आफ्नो साथ रहने समेत बताएका छन् ।

ओली समूहमा बस्‍न इन्कार गर्नेहरु यसप्रकार छन् 
१. डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ
२. गोपाल बुढाथोकी, झापा
३. जसमाया गजमेर – प्रदेश १,सामाजिक विकास राज्यमन्त्री 
४. सुन्दर विक – नेकपा बारा जिल्ला सचिव
५. कमलेश झा– नेकपा प्रदेश २ सदस्य
६. भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य 
७. वृहस्पति अधिकारी – नवलपरासी
८. जागेश्वरीदेवी चौधरी –तिलोत्तमा नगरपालिका उपप्रमुख
९. अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य 
१०. टीकाराम खड्का – दाङ, अध्यक्ष
११. नेत्र पन्थी – रुपन्देही 
१२. नन्दकिशोर ढकाल – रुपन्देही
१३. देवी बस्याल – पाल्पा 
१४. अशोक शाही
१५. कमल श्रेष्ठ – पाल्पा 
१६. यज्ञ बोगटी – अछाम 
१७. कल्याणी चौधरी – बारा, प्रदेश सदस्य
१८. भैरे कामी –  अछाम
१९. राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग 
२०. गगन विष्ट – गुल्मी 
२१. उषाकला राई – प्रदेश सभा १ सदस्य

प्रतिक्रिया दिनुहोस