प्रचण्ड–नेपाल समूहका नेता बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग जाँदै

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १४ : ०५
प्रचण्ड–नेपाल समूहका नेता बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग जाँदै

फाइल तस्विर

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वैधानिकताको रस्साकस्सी चलेपछि अहिले प्रचण्ड–नेपाल समूहका नेता बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग जाँदै छन् ।

नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा जान लागेको जानकारी दिए । उनले ३ सय १५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित केहीबेरमा आफूहरु निर्वाचन आयोग पुग्ने बताए ।

निर्वाचनमा आयोगमा नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । उनीहरूमध्ये दुई तिहाई केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको पोखरेलको दाबी छ ।पोखरेल, नेकपाका अर्का नेता सुरेन्द्र पाण्डे, कार्यालय सचिव श्रीराम सुवेदी लगायत आयोग जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस