प्रचण्ड–नेपाल समूहका यि ५ नेता लागे केपी ओलीतिर

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, २० : ३२
प्रचण्ड–नेपाल समूहका यि ५ नेता लागे केपी ओलीतिर

काठमाडौं ।  नेकपाभित्रको विवादमा दुई नेता तत्काललाई तठस्थ देखिएका छन् । उपाध्यक्ष बामदेव गौतम र गृह मन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल कुनै समूहको बैठकमा सहभागी नभएका हुन् ।

ओली समूहले मंगलबार बालुवाटारमा केन्द्रीय समितिको बैठक राखेको थियो भने प्रचण्ड–माधव नेपाल समूहले थापाथलीमा केन्द्रीय समितिको बैठक राखेको थियो । 

जसमध्ये प्रचण्ड–नेपाल समूहका भनिएका थप ५ नेता ओलीले बोलाएका बैठकमा सहभागी भए । नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, शेरबहादुर तामाङ र प्रेम आले ओलीले बोलाएको बैठकमा सहभागी भएका हुन् ।

तामाङ र आलेलाई यसअघि नेपाल समूहको रुपमा चिनिन्थ्यो भने रायमाझी, थापा र भट्टलाई प्रचण्ड समूहको रुपमा चिनिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस