ओलीले बोलाएको बैठकमा टोपबहादुरको स्वागत मन्तब्य, बैठकमा गएनन् बादल

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, ११ : २८
ओलीले बोलाएको बैठकमा टोपबहादुरको स्वागत मन्तब्य,  बैठकमा गएनन् बादल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहले बोलाएको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीले स्वागत मन्तब्य दिएका छन् । पूर्वमाओवादी उनी प्रचण्डबाट टाढिएर ओलीतिर लागेका हुन् । 

पार्टी महासचिव विष्णुप्रसाद पौडेलले संचालन गरेको  बैठकमा स्थायी कमिटीका सदस्य कमरेड टोपबहादुर रायमाझीले स्वागत मन्तव्य  राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकको अध्यक्षता ओलीले गरेका छन् । 

ओलीले बोलाएको बैठकमा गएनन् बादल
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर बादल अनुपस्थित भएका छन् । सोमबार ओली र प्रचण्ड दुबै पक्षले बोलाएको बैठकमा उनी सहभागी भएका थिएनन् । 

प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले राजीनामा दिँदा बादल र लेखराज भट्टले राजीनामा दिएका थिएनन् भने उनी कता लाग्ने भन्नेमा अझै स्पष्ट भइसकेका छैनन् । यद्यपी भट्ट र बादल निकटका केही नेता भने ओलीले बोलाएको आजको बैठकमा सहभागी छन् ।  इतबार नै बादलले ओलीसँगै झण्डै दुई घण्टा छलफल गरेका थिए ।