पूर्व माओवादी निकट टोपबहादुर रायमाझी र मणि शर्मा बालुवाटारको बैठकमा सहभागी

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १० : ५१
पूर्व माओवादी निकट टोपबहादुर रायमाझी र मणि शर्मा बालुवाटारको बैठकमा सहभागी

काठमाडौं । नेकपा फुटको संघारमा पुगेको बेला प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा पूर्वमाओवादी निकट टोपबहादुर रायमाझी बालुवाटार पुगेका छन् । यस्तै मणि थापा पनि बालुवाटार गएको बताइएको छ । 

उनीहरु प्रचण्ड समूह छाडेर ओलीतिर लागेका हुन् । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन् । प्रधानमन्त्री समेत रहेका ओलीले सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाएपछि साढे १० बजेसम्म सुरु हुन सकेको छैन् ।

अहिले बालुवाटारमा ओली पक्षीय नेताहरु पुग्ने क्रम जारी रहेको छ । लेखराज भट्ट पछिल्लो समय ओलीसँगै रहे पनि रायमाझी र मणि थापा दुवै पक्षका बैठकमा सहभागी थिएनन् ।