बेलायतमा नयाँ प्रजातिको कोरोना भाइरस देखियो, तिव्र गतिमा संक्रमण

एजेन्सी

मंगलबार, ०७ पुस २०७७, ०९ : ५९
बेलायतमा नयाँ प्रजातिको कोरोना भाइरस देखियो, तिव्र गतिमा संक्रमण

एजेन्सी । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति देखिएको छ । नयाँ प्रजाति देखिएपछि कोरोना भाइरसलाई लिएर अन्तर्राष्ट्रिय चासो र चिन्ता बढ्दै गएको छ ।

बेलायतमा अहिलेको भन्दा अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको प्रजाति देखिएको हो । त्यो देखिएसँगै अहिले विभिन्न युरोपेली देशले यात्रा प्रतिबन्ध लगाउन थालेका छन् ।

अहिलेसम्म ४० भन्दा बढि देशले यात्रा प्रतिबन्ध लगाइसकेका छन् । यस्तै युरोपियन युनियनले साझा रणनीति तय गर्नका लागि बैठक गरेको छ ।
डेनमार्कमा पनि नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्वीडेनले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ । नयाँ प्रजातिको कोरोना भाइरस अति संक्रामक देखिए पनि सो घातक रहेको भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन ।

बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउने देशको संख्या थपिँदै जाँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जोखिमको सम्भावनालाई सन्दर्भमा राख्न भनेको छ । डब्लुएचओका आपतकालीन सेवा प्रमुख माइक रायनले नयाँ प्रकारको भाइरस उत्पन्न हुनु महामारीको सामान्य प्रक्रिया रहेको बताएका छन् । उनले अवस्था नियन्त्रण भन्दा बाहिर नरहेको बताए ।