दमका रोगीले यस्तो खानेकुरा खानुपर्छ....

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, ०७ : ४७
दमका रोगीले यस्तो खानेकुरा खानुपर्छ....

काठमाडौं । दमका रोगीले भिटामिन–सी  भिटामिन–सीयुक्त खाना बढी खानुपर्छ। भिटामिन–सीले इन्फ्लामेसन र जलन कम गर्न मद्दत गर्छ। यसले फोक्सोलाई बलियो बनाउने र श्वाससम्बन्धी समस्या कम गर्ने गर्छ।

भिटामिन–सीका लागि कागती, अमला, सुन्तला, टुसा उमारेका गेडागुडी खानुपर्छ। फलफूल दमका रोगीले गाजर, रातो र पहेँलो खुर्सानी, भेँडे खुर्सानी, पालुङोजस्ता सागतरकारी बढी खानुपर्छ। भिटामिन–बी दमका रोगीका निम्ति भिटामिन–बी लाभदायक हुन्छ। हरियो सागसब्जी र दालमा भिटामिन–बी बढी पाइने भएकाले यस्ता खानामा जोड दिनुपर्छ।

प्याज हरियो प्याज अथवा रातो प्याज दुवै दमका रोगीका लागि लाभकारी हुन्। प्याजमा सल्फर पाइन्छ, जसले दमका कारण हुने जलनलाई कम गरी बिरामीलाई राहत दिन्छ। श्वाससम्बन्धी समस्या भएकाहरूका लागि पनि प्याज उपयुक्त हुन्छ। माछा दमको समस्या भएकाहरूले सलमन प्रजातिका माछा बढी खानुपर्छ।

सलमन माछा पाइँदैन भने अन्य माछा खाए पनि हुन्छ । दुग्ध परिकार दुग्ध पकिार सानैदेखि मनग्ये खानेलाई दमको रोग लाग्ने जोखिम कम हुन्छ। दम भइसकेकाहरूले पनि दुग्ध परिकार खानमा जोड दिनुपर्छ।

मसलायुक्त खानाबाट दमका रोगीले भरसक परै रहनुपर्छ। मसलायुक्त खाना खानाले मुख, घाँटी र फोक्सोका कोशिका उत्तेजित हुन पुग्छन्। जसले दमको असरलाई बढाउँछ। दमका रोगीले भिटामिन–ईयुक्त खाना भरसक नखाने। सबैखालका खाने तेलमा भिटामिन–ई पाइने भएकाले तरकारी पकाउँदा तेल सकेसम्म कम हाल्नुपर्छ। सूर्यमुखीको तेलमा भिटामिन–ई कम पाइने भएकाले सकेसम्म त्यही तेलको प्रयोग गर्ने।

प्रतिक्रिया दिनुहोस