बाध्यताले संसद् विघटन गर्नुपर्यो : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १२ : ५१
बाध्यताले संसद् विघटन गर्नुपर्यो : प्रधानमन्त्री ओली

file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक परिस्थितले संसद् विघटनको सिफारिस गर्ने अवस्थामा पुगेको बताएका छन् ।

“बाध्यात्मक ठाउँमा पुगेँ । कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न अघि बढेको थिएँ । यो पूरा नहुँदै साथीहरुले यो ठाउँमा पुर्‍याउनुभयो। लोकतन्त्रमा मै मात्रै गर्छु भन्दा पनि जनताले आफ्नो अभिमत जाहेर गरोस् भन्ने हिसाबले जनादेशको कुरा गरेको हो ।  सबै कुरा छोडेर म प्रधानमन्त्री बनिरहन सक्थेँ। त्यो गर्न चाहिनँ म तानाशाही हुन सकिनँ,’’ उनको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

आफूनिकट निवर्तमान सांसदहरुलाई उनले पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड र माधवकुमार नेपाल गठबनधन अनावश्यक हिसाबले अघि बढेकाले व्यवस्थापन गर्न नसेकेको बताएका थिए ।

उनले ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री भएको भन्दै बहुमतकै सिफारिस भएकाले त्यो लागु हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस