काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आजदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ खेलकुद प्रतियोगिता शुरु भएको छ । सो प्रतियोगिता यही पौष ७ गतेसम्म नेपाल एपीएफ रङ्गशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालन हुनेछ ।
पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ मा १८ जना महिलासहित कूल २७० खेलाडीको सहभागिता छ । प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयका एक–एक गरी नौ समूहको सहभागिता छ ।
प्रतियोगिताको आज भएको एथलेटिक्स ८०० मिटर पुरुषतर्फको दौडमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान मङ्गल थारु प्रथम हुनुभएको छ भने महिला एक हजार ५०० मिटर दौडमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थकी सशस्त्र प्रहरी जवान आशा रावत प्रथम हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०५ पुस २०७७, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर
सशस्त्र प्रहरी: जीवन बचाउने मिसनदेखि सीमा सुरक्षासम्म
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते
अनुसन्धानका लागि अर्का इन्स्पेक्टर पक्राउ