काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आजदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ खेलकुद प्रतियोगिता शुरु भएको छ । सो प्रतियोगिता यही पौष ७ गतेसम्म नेपाल एपीएफ रङ्गशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालन हुनेछ ।
पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ मा १८ जना महिलासहित कूल २७० खेलाडीको सहभागिता छ । प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयका एक–एक गरी नौ समूहको सहभागिता छ ।
प्रतियोगिताको आज भएको एथलेटिक्स ८०० मिटर पुरुषतर्फको दौडमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान मङ्गल थारु प्रथम हुनुभएको छ भने महिला एक हजार ५०० मिटर दौडमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थकी सशस्त्र प्रहरी जवान आशा रावत प्रथम हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०५ पुस २०७७, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन