काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ भने यो साता मलेसियामा १ जना, र केन्यामा १ जना नेपालीको निधन भएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । ती मध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपालीमा कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यो कुल संक्रमितको ९४ प्रतिशत रहेको हो । शनिवार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका संख्या ३ सय १२ जना जनाको कोरोना संक्रमणका कारणले निधन भएको स्वास्थ समितिका संयोजक डा। सन्जिव सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा मात्र २ लाख ५३ हजार १ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् भने ती मध्ये २ लाख ४२ हजार ५ सय ६७ जना कोरोना मुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९५ दशमलव ८ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ७ सय ७७ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०५ पुस २०७७, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै