गोकुल बाँस्कोटाको प्रश्न : प्रधानमन्त्रीको संसद विघटनको प्रस्तावलाई कसले भन्यो गैरसंवैधानिक भनेर ?

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १४ : ५२
गोकुल बाँस्कोटाको प्रश्न :  प्रधानमन्त्रीको संसद विघटनको प्रस्तावलाई कसले भन्यो गैरसंवैधानिक भनेर ?

file photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले संसद विघटनको प्रस्तावलाई गैरसंवैधानिक भन्ने कानुन व्यावसायीमाथि प्रश्न गरेका छन् ।  पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले संसद् विघटनको प्रस्तावलाई गैरसंवैधानिक भन्नेमाथि प्रश्न गरेका हुन् । 

बाँस्कोटाले संविधानलाई उल्लेख गर्दै भने, “धारा ७६ ले सरकार गठनको व्यवस्था गरेको छ । जसमा पहिलो बुँदामा बुहमत प्राप्त दलको नेता प्रधामन्त्री हुने, दोस्रोमा बहुमत कसैको नआएमा दुई वा दुईभन्दा बढी दलले जसलाई पत्याउँछ त्यो प्रधानमन्त्री हुन्छ ।”

बाँस्कोटाका अनुसार त्यो अवस्था पनि नभएमा त्यो सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त भएन भने ६ महिनाभित्र प्रधानमन्त्रीले चुनाव गराउनुपर्ने उल्लेख रहेको दाबी गरे । 

कुनै पनि दलको बहुमत नआए र दल मिलेन भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई मनोनित गर्नसक्ने बास्कोटा बताउँछन् । त्यो पनि भएन भने त्यसले पनि विश्वासको मत लिनुपर्ने र विश्वासको मत लिन नसकेमा पनि चुनावमा जान सकिने उनको तर्क छ । 

तर धारा ८५ ले प्रतिनिधिसभाको आयूको कुरा गरेको तर अगावै विघटन भएमा अवस्थामा बोहक भनिएको भन्दै उनले भने,“अगावै विघटन भनिएकोले अगावै विघटन गर्न सकिने भने नि त । त्यसैले कसले भन्यो गैरसंवैधानिक भनेर ?  उनीहरुले पहिले राम्रोसँग संविधान अध्ययन गरुन् ।”

संविधानकै अर्को व्यवस्थाअनुसार प्रधामन्त्रीले आफूलाई कहिँ कतैबाट अवरोध भएमा वा नभएमा पनि अगाडि नै चुनावमा जान मन लाग्यो भने चुनावमा जान पाउने व्यवस्था पनि संविधानको धारा ८५ मा रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस