प्रधानमन्त्रीको असंवैधानिक र तानाशाही कदम भएको भन्दै विरोधमा उत्रिन रवीन्द्र मिश्रको आह्वान

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १२ : २८
प्रधानमन्त्रीको असंवैधानिक र तानाशाही कदम भएको भन्दै विरोधमा उत्रिन रवीन्द्र मिश्रको आह्वान

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रघाती कदमविरुद्ध विरोधमा उत्रिन आह्वान गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिश गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम हो। यो संविधानमाथिको स्पष्ट कू हो’ विज्ञप्तिमा भनिएको छ । 

अध्यक्ष मिश्रले संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई भएपनि सो अधिकारको प्रयोग नै नगरि निहित स्वार्थपूर्तिका  अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेको बताएका हुन् ।

उनले विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटका विश्वासिलो सहयोगीमा रूपान्तरित भएर राष्ट्रपतिको गरिमालाई नै बारम्बार गिराएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसपटक पदको गरिमा जोगाउन मन्त्रिपरिषदको सिफारिश सदर नगर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस