प्रधानमन्त्री ओलीले गरे राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १० : ५०
प्रधानमन्त्री ओलीले गरे राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद् विघटनको सिफारिस गरेका छन् ।  उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । 

शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए । मन्त्रिपरिषदको बैठकमा ओली संसद विघटनको प्रस्ताव लगेसँगै उनले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस