अनामनगरका युवाले गरे काठमाडौमा सरसफाई

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, १३ : ५०
अनामनगरका युवाले गरे काठमाडौमा सरसफाई

file photo

काठमाडौं । अनामनगर युवा क्लवले काठमाडौँ महानगरपालिका वडा नं. २९ का विभिन्न स्थानमा सरसफाई गरेको छ । 

युवा क्लवले शनिबार अनामनगर, हनुमानस्थान, बिजुलीबजार लगायतका १८ स्थानमा डसरसफाई गरी डस्टविन राखेको छ । 

क्लवका दर्जन बढी सदस्यहरुको उपस्थितिमा वडा नं. २९ भित्र पर्ने मुख्यचोक तथा सहायक सडकहरुमा सरसफाई गरी डस्टविन राखेको हो । क्लवको सरसफाई अभियानबाट स्थानीयबासिले खुशी व्यक्त गरेका छन् ।

क्लवले समाजमा रहेका विकृति विरुद्ध सरसफाई अभियान सञ्चालन गरी असल नागरिक उत्पादन गर्ने काम गरेको स्थानीयबासि हरिप्रसाद गिरीले बताए । उनले भने, ‘क्लवले राम्रो काम गरेको छ । सरकारले गर्ने काम भाईबैनीहरुले गरिरहनुभएको छ ।

यस्तो कामलाई हामीले प्रोत्साहन गर्नुपर्छ । आर्थिक, सामाजिक रुपमा सहयोग गर्नुपर्छ । यसलाई बढाएर लानुपर्छ । राज्यले, स्थानीय सरकार सबैले सहयोग गरेर असल नागरिक उत्पादन गर्ने कुरामा टेवा दिनुपर्छ ।’

क्लबले आगामी दिनमा पनि सरसफाई अभियानलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस