रौतहटमा कटुवा पेस्तोल र गोली सहित एक युवा पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०३ पुस २०७७, ०९ : १०
रौतहटमा कटुवा पेस्तोल र गोली सहित एक युवा पक्राउ

प्रतिकात्मक तस्विर

रौतहट । कटुवा पेस्तोल र एक राउण्ड गोली सहित एक युवक बिहिवार साझ पक्राउ परेका छन् । कटुवा पेस्तोल र गोलि सहित पक्राउ पर्ने रौतहट यमुनामाई गाउँपालिका ४ वस्ने २५ वर्षका दिलिप साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको अधारमा खटिएको प्रहरी गस्ती टोलीले दुर्गाभगवती गाउँपालिका ५ झाँजपुल स्थित चेकजाँच गर्ने क्रममा साहलाई पेस्तोल र गोलिसहित पक्राउ गरेको हो ।

बी आर ३० एम ४८४१ नम्बरको भारतीय मोटरसाईकलमा सवार साहले कम्मरमा लुकाइ राखेको अवस्थामा अवस्थामा थ्री फिफ्टि कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । हतियारसहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस