काठमाडौँ । विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह उपाधिबाट विमुख भएका छन् ।
बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै रह्यो । उपाधि बेलायती सेफ आलेक्स वेवले जिते ।
तर, ३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०३ पुस २०७७, ०६ : ५३
लेखकबाट थप