काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सरकारको नेतृत्वकर्ता दल नेकपाभित्र भइरहेको राजनीतिक खिचातानीप्रति कटाक्ष गरेका छन् ।
उनले टिप्पणी गरेका छन्–‘नेकपाभित्र भइरहेको गाईजात्राले राजतन्त्र पक्षधरलाई समेत लाज लाग्ने अवस्था आएको छ ।’ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मेन्सन गरेर सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै थापाले हिमालय पर्वत जस्तो व्यक्तित्व खिया लागेर धुलिसात भएको टिप्पणी गरेका छन् ।
ट्वीट गर्दै उनले भनेका छन्–‘अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस् । हामी जस्ता राजसंस्था सहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनुहोेस् । हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ पुस २०७७, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने