काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सरकारको नेतृत्वकर्ता दल नेकपाभित्र भइरहेको राजनीतिक खिचातानीप्रति कटाक्ष गरेका छन् ।
उनले टिप्पणी गरेका छन्–‘नेकपाभित्र भइरहेको गाईजात्राले राजतन्त्र पक्षधरलाई समेत लाज लाग्ने अवस्था आएको छ ।’ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मेन्सन गरेर सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै थापाले हिमालय पर्वत जस्तो व्यक्तित्व खिया लागेर धुलिसात भएको टिप्पणी गरेका छन् ।
ट्वीट गर्दै उनले भनेका छन्–‘अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस् । हामी जस्ता राजसंस्था सहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनुहोेस् । हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ पुस २०७७, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग