काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सेयर धितोमा कर्जा प्रदान गर्न थप सर्त लगाउन निर्देशन दिएको छ ।
राष्ट्र बैङ्कले क ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरेको निर्देशनमा संशोधन गर्दै पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिक रूपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्था, तीन वर्षदेखि साधारण सभा नगरेका र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थालाई सेयर धितोमा कर्जा प्रदान नगर्न निर्देशन दिएको हो ।
यसअघि राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा भएका वा निर्देश बमोजिमको पुँजीकोष अनुपात कायम नगरेका बैङ्क वित्तीय संस्था, नेटवर्थ ऋणात्मक भएका संस्था, नेप्सेको सूचीकरणबाट हटाइएका संस्था, एक आर्थिक वर्ष समाप्ति भएको एक वर्ष बितिसक्दा पनि अन्तिम लेख परीक्षण नगर्ने संस्थालाई सेयर धितोमा कर्जा प्रदान नगर्ने निर्देशन दिएको थियो ।
त्यस्तै सेयरको धितोमा कर्जा प्रदान गर्दा कर्जा नीतिरनिर्देशिकामा धितोका रूपमा लिने सेयरको मूल्य आम्दानी अनुपात, प्राइस टु बुक भ्यालु, डेभिडेन्ट पेआउट रेसियो जस्ता आधारभूत सूचकाङ्ककोे विश्लेषणसम्बन्धी व्यवस्था पनि उल्लेख गरेको हुनु पनि निर्देशन दिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ पुस २०७७, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
गभर्नर नियुक्ति प्रक्रिया : के गर्दैछ छनोट समिति ?
बैङ्किङ क्षेत्रको ३० अर्ब तान्दै राष्ट्र बैङ्क